‘कबड्डी ४’को छायांकन धमाधम, चाँडै प्रदर्शन मिति तय गरिने
काठमाडौँ , २४ कात्तिक । निर्देशक रामबाबु गुरुङको महत्वकांक्षी चलचित्र ‘कबड्डी ४’को छायांकन मुस्ताङको रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रको ५० प्रतिशत छायांकन सकिएको निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन् ।
चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरमा नायक दयाहाङ राईको साथमा कलाकारद्वय बुद्धि तामाङ र विजय बराल देखिएका छन् ।
यसपटक रामबाबुले चौथो शृंखलालाई अन्तिम भनेका छन् । चलचित्रको छायांकन कोवाङ र लार्जुङमा भइरहेको निर्माणपक्षले बताएको छ ।
यो चलचित्रमा नायिका मिरुना मगरको समेत मुख्य भूमिका छ । चलचित्रको छायांकन सकिएलगत्तै निर्माणपक्षले प्रदर्शन मिति समेत घोषणा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्