बैंकर्स संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा उपाध्याय र एनएमबीका केसी उपाध्यक्ष

 

काठमाडौं, कातिक २३ । नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । आज भएको संघको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

वर्तमान अध्यक्ष भुव कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंकी अनुपमा खुण्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।

यस्तै, संघका पूर्व अध्यक्षहरू अनिश केशरी शाह, अशोक शम्शेर राणा र ज्ञानेन्द्र प्रसाद ढुङ्गाना सल्लाहकारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्