कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, २१ कात्तिक । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति समितिको बैठक कार्तिक २८ गते आइतबारका लागि बोलाइएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनको तयारीका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिए । ’मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनको तयारी गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो,’ उनले भने ।

केन्द्रीय कार्यसमितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने पौडेलले बताए । पार्टी केन्द्रीय कर्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको उनले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने गरी मिति घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्