नेप्सेमा सामान्य बृद्धि, ६ अर्ब ५५ करोडको कारोबार

काठमाडौँ , कातिक १७ । साताको कारोबारको चौथो दिन नेप्से परिसूचक ५ अंकले बढेको छ । बुधबार नेप्से ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेको हो ।

त्यस्तै बुधबार सेन्सेटिभ सूचक ०. ५२ अंकले घटेको भने फ्लोट सूचक ०.५७ अंकले बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ०.१९ अंकले बढेको छ । त्यस्तै बुधबार २२९ कम्पनिको ९९ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ भने कुल ६ अर्ब ५५ करोडको कारोबार भएको छ ।

त्यस्तै बुधबार ट्रेडिङ, होटल र पर्यटन निर्जीव वीमा, जीवन वीमा र लगानी बाहेक सबै उपसूचकको शेयर मुल्य बढेको छ ।

त्यस्तै बुधबार महालक्ष्मी विकास बैंकको शेयर सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने सहास उर्जा र आइसीएफसी फाइनान्सको शेयर ९।९९ प्रतिशतले बढेको छ ।

त्यस्तै बुधबार छ्याङदी हाइड्रोको शेयर सबैभन्दा बढी ५.५९ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी नबिल बैंकको एक अर्ब १७ करोडको कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको ३५ करोडको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्