नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने

काठमाडौं, कातिक १७ । नबिल बैंकले बम्पर लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३३. ६ प्रतिशत बोनस सेयर र लाभांश लाग्ने कर प्रयोजनको लागि समेत गरेर ४।४ प्रतिशत गरि कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभा बाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्