नेप्से २३ अंकले बढ्यो, ६ अर्बको कारोबार

काठमाडौँ , कातिक १६ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २३ अंकले बढेको छ । मंगलबार नेप्से २३.।७६ अंकले बढेर २८४३.६२ विन्दुमा पुगेको हो ।

त्यस्तै मंगलबार सेन्सेटिभ सूचक २.८४ अंकले बढेको छ भने फ्लोट सूचक १.४ अंकले बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक १.२९ अंकले बढेको छ ।

त्यस्तै मंगलबार २३० कम्पनिको ९९ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ भने कुल ६ अर्ब ७ करोडको कारोबार भएको छ ।त्यस्तै मंगलबार बैंकिङ, ट्रेडिङ र लगानी बाहेक सबै उपसूचकको शेयर मुल्य बढेको छ ।

मंगलबार विकास बैंक र् अन्य समुहको शेयर मुल्य सबैभन्दा बढी ३ प्रतिशत भन्दा बढीले बढेको छ भने होटल एवम् पर्यटन, हाइड्रोपावर, फाइनान्स, निर्जीव वीमा र जीवन बीमा उपसूचकको शेयर मुल्य १ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै मंगलबार सहास उर्जाको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने गुडविल फाइनान्सको शेयर ९.१६ प्रतिशतले बढेको छ ।त्यस्तै मंगलबार बिशाल बजार कम्पनिको शेयर सबैभन्दा बढी २.९५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको ४६ करोडको कारोबार भएको छ भने कामना सेवा विकास बैंकको २२ करोडको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्