नर्भिकका दुई चिकित्सकको लाइसेन्स खारेज गर्न काउन्सिलमा दबाब
काठमाडौं– नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्यरत दुई चिकित्सकको लाइसेन्स खारेज गर्न चिकित्सक र सर्वसाधारणले हरेक दिनजसो दबाब दिन थालेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
सद्दे खुट्लाको अप्रेसन गर्ने नर्भिकमा कार्यरत दुई चिकित्सक डा.प्रवीण नेपाल र डा.शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न दबाब आइरहेको काउन्सिल इथिकल कमिटीका संयोजक ढुन्डीराज पौडेलले बताए ।
लापर्बाही गरेको भन्दै लाइसेन्स रद्द गर्न दबाब आइरहेको छ । काउन्सिल इथिकल कमिटीका संयोजक डा.पौडेलले भने, डा.प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारलाई सफाइ दिए चिकित्सकमाथिको जनताको विश्वास थप घट्नेछ ।
चिकित्सकमाथि हुने आक्रमण झन बढ्ने देखिन्छ । नर्भिक अस्पतालमा सो घटना भएयता काउन्सिलमा हरेक दिन दशौँजना चिकित्सक र सर्वसाधारणले दोषी चिकित्सकको लाइसेन्स खारेज गर्न दबाब दिएको काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्