आज १३ अंकले बढ्यो नेप्से , कारोबार रकम कति ?

काठमाण्डौ, कातिक ११ । केहि समयदेखि अस्थिर रहेको नेपाली शेयर बजार यो हप्ता लागेसँगै लयमा फर्किएको छ । २ महिनाको अबधिमा ३२ सयको विन्दुबाट २५ सम्म झरेको बजार यो हप्ता भने पुरै कारोबार दिन बढेर बन्द भएको छ ।

यो हप्तामा नेप्सेले देखाएको संकेतसँगै अब बजार तिहार अघिनै ३ हजार विन्दु माथि पुग्ने धेरैले अनुमाना गरेका छन । पछिल्लो समय कारोबार रकममा सुधार हुँदै नेप्से दोहोरो अंकले बृद्धि भइरहेको छ ।

साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १३ अंकले बढेको छ । विहिबार नेप्से १३.०४ अंकले बढेर २७८२.१६ अंकमा पुगेको हो ।

त्यस्तै विहिबार सेन्सेटिभ सूचक ४.४२ अंकले बढेको छ भने फ्लोट सूचक ०.५ अंकले बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ०.७५ अंकले बढेको छ ।

त्यस्तै विहिबार नेप्से बढेपनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । आज २२२ कम्पनिको ९२ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ भने कुल ५ अर्ब ३९ करोडको कारोबार भएको छ । यसअघि बुधबार ६ अर्ब ६१ करोडको कारोबार भएको थियो ।

त्यस्तै विहिबार बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादन, वीमा र् म्युचुअल फण्डको शेयर मुल्य घटेको छ भने अन्य उपसूचकको मुल्यमा वृद्धि भएको छ ।विहिबार अन्य उपसूचकसहित माइक्रोस फाइनान्स र हाइड्रोपावरको मुल्य सबैभन्दा बढी २ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै विहिबार रिडी हाइड्रोपावरको मुल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको मुल्य ९.३९ प्रतिशतले बढेको छ । त्यस्तै एभरेष्ट इन्सुरेन्स कम्पनिको प्रमोटर शेयरको मुल्य सबैभन्दा बढी ७.७९ प्रतिशतले घटेको छ ।

त्यस्तै विहिबार नेशनल हाइड्रोको शेयर सबैभन्दा बढी २९ करोड १९ लाखको कारोबार भएको छ भने नबिल बैंकको २२ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।

रिणी जलविद्युतको शेयरमा सर्किट लागेर कारोबार हुँदा नेश्नल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । आज वीमा उपसूचक सबै भन्दा धेरै बढेको छ भने बैक र उत्पादन लगायतका केहि सूचक भने घटेका छन ।

 

प्रतिक्रिया दिनुहोस्