नेप्सेमा १८ अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौँ , कातिक १० । नेप्से परिसूचक १८ अंकले बढेको छ । बुधबार नेप्से १८.०६ अंकले बढेर २७६९.१३ अंकमा पुगेको हो ।

बुधबार सेन्सेटिभ ०.४९ अंकले बढेको छ भने फ्लोट १.३१ अंकले बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट ०.३६ अंकले बढेको छ ।

त्यस्तै बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २२८ कम्पनिको एक करोड १५ लाख ९२ हजार कित्ता शेर किनबेच भएको छ भने कुल ६ अर्ब ६१ करोडको कारोबार भएको छ । यसअघि सोमबार ६ अर्ब ३१ करोडको कारोबार भएको थियो ।

त्यस्तै बुधबार होटल र पर्यटन, विकास बैंक, हाइड्रोपावर तथा उत्पादन उपसूचक बाहेक अनु उपसूचकको शेयर मुल्य बढेको छ ।

बुधबार जीवन वीमाको शेयर सबैभन्दा बढी २.०६ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीव वीमा र अन्य उपसमुहको शेयरको मुल्य एक प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै बुधबार बेस्ट फाइनान्स कम्पनिको शेयर मुल्य सबैभन्दा बढी ८०६८ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंकको कन्भर्टिभल प्रिफेरेन्सको मुल्य सबै भन्दा बढी ५.२४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्