नेप्से ७८ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ, कातिक ९ । आज मङ्गलवार पनि शेयर बजार परिसूचक नेप्से बढेको छ । हिजो सोमवार ८७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ७८ दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ५१ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

त्यस्तै मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २२७ कम्पनिको एक करोड १४ लाख ८६ हजार कित्ता शेर किनबेच भएको छ भने कुल ६ अर्ब ३१ करोडको कारोबार भएको छ । यसअघि सोमबार ४ अर्ब ३० करोडको कारोबार भएको थियो ।

त्यस्तै मंगलबार सबै उपसमूहको शेयर मुल्य बढेको छ । सबैभन्दा बढी होटल तथा पर्यटनको ७.५१ प्रतिशत मुल्य बढेको छ भने फाइनान्सको ५.६१ तथा लगानी र हाइड्रोपावरको ४ प्रतिशतभन्दा बढीले शेयर मुल्य बढेको छ ।

त्यस्तै जीवन बीमाको ३.३४ प्रतिशतले बढेको छ भने बैंकिङ, ट्रेडिङ, निर्जीवन बीमा, उत्पादन, अन्य उपसमुहको शेयर मुल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै मंगलबार ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । जसमा बेस्ट फाइनान्स, ङादी ग्रुप, खानीखोला हाइड्रो, राधी विद्युत, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र चन्द्रागिरि हिल्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्