यस्ता रोगी भएकाले खानु हुँदैन मासु , बन्न सक्छ विष (थाहापाइराखौं)

काठमाडौं, कातिक ९ । आम मानिसले मासु निकै रुचाउँछन् । दैनिक जसो भान्सामा मासुको परिकार बनेकै हुन्छ प्रार्य कतिपयकोमा, दशैँ पनि भर्खरै सकिएको छ । दशैँमा र दशैँ पछिका चाडमा धेरैको अत्याधिक मासु खाने बानी हुन्छ ।

मासुसँगै चिल्लो, नुन, चिसो पेय पदार्थ, गुलियो र मदिराको पनि बढी प्रयोग गर्ने प्रचलन नै बनेको छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्न सक्छ । हामी हाम्र्रो स्वास्थ्यको ख्याल नगरि खाइरहेका हुन्छौं । यसले स्वास्थ्यमा असर भइरहेको हुन्छ । यसले गर्दा ध्यान दिन आवश्यक छ । आज हामी तपाईलाई यस्ता रोगी भएकाले मासु खानु हुँदैन् भन्ने बारेमा भन्न गइरहेकाछौं ।

कस्ता रोगीकालागि मासु हानीकारक  ?

– मुटु रोग
– उच्च रक्तचाप
– मधुमेह
– मृगौला रोग
– यूरिक एसिड
– मोटोपन
– कोलेस्टेरोल बढ्ने
– कब्जीयत
– क्यान्सर र
– ग्यासट्राइटिस

त्यसैले यी रोगका मानिसले सकेसम्म मासुको सेवन नगर्ने र गर्नै परे पनि कम मात्रामा गर्नु पर्दछ । अझ उसिनेको मासु मात्र खानु राम्रो मानिन्छ । यसकालागि पंक्षीजन्य मासुको सेवन मात्र उपयुक्त मानिन्छ । सकेसम्म खसि, रागाँको रातो मासु खानु उपयुक्त हुदैँन ।

प्रतिक्रिया दिनुहोस्