शेयर बजारमा सोमवार ८७।६३ अंक सुधार
काठमाडौं, ८ कात्तिक । गत साता सुस्ताएको शेयर बजारमा सुधार आएको छ । यो साता बजार सुधारको क्रमले साताको दोस्रो दिन सोमवार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २७।५१ अंकले बढेको नेप्से परिसूचक वृद्धिको क्रम पछ्याउँदै सोमवार ८७।६३ अंक अर्थात् ३।३९ प्रतिशतले सुधारिएर २६७२।२५ अंकमा बन्द बन्द भएको छ ।
यस दिन ठूला कम्पनीहरूको शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स समेत १३।६१ प्रतिशतले बढेर ५०४।५८ अंकमा पुगेको छ ।
सोमवार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा १ अर्ब ५३ करोडले बढेको छ । आइतवार २ अर्ब ७७ करोडको शेयर कारोबार भएकोमा सोमवार बढेर ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको भएको छ । यस दिन २२९ कम्पनीको ५३ हजार ७९२ पटकको कारोबारमा ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच भएका छन् ।
कारोबारमा आएकामध्ये सोमवार सबैभन्दा बढी कमाउनेमा वित्त समूह रहेको छ । यस समूहको शेयर सर्वाधिक ७।८१ प्रतिशतले बढेको छ । यस्तै दोस्रोमा जलविद्युत् कम्पनी रहेका छन् । यस समूहको शेयर ७।५७ प्रतिशतले उकासिएको छ । कारोबारमा आएका सबै समूहको शेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्