राष्ट्र बैंकद्वारा ५ फाइनान्सलाई कारबाही , कुन- कुन परे ?

काठमाडौँ , कातिक ७ । नेपाल राष्ट्र बैंकले ५ फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष ०७७/७८ मा स्थलगत सुपरिवेक्षणको आधारमा यी फाइनान्स कम्पनीहरुले तोकिएको मापदण्ड पुरा नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । ती फाइनान्स कम्पनीहरुलाई कारबाहीस्वरुप हर्जाना रकम तिराइएको छ ।

अनिवार्य मौज्दात कायम नगर्दा समृद्धि र गुडविल फाइनान्स कारबाहीमा परेका छन् । त्यस्तै तोकिएको दरमा विपन्न वर्गको कर्जा प्रवाह गर्न नसक्दा ललितपुर फाइनान्स ३ पटकसम्म कारबाहीमा परेको छ ।

विपन्न दरकै कर्जामा सिटी एक्सप्रेस फाइनान्स र जानाकी फाइनान्स कारबाहीमा परेका छन् । त्यस्तै ललितपुर फाइनान्स तोकिएको सिसिडी अनुपातमा मापदण्ड नपुग्दा पनि काराबाहीमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्