बाढी–पहिरोले राजमार्गहरुमा साढे ३ अर्ब रुपैयाँको क्षति
काठमाडौं, कात्तिक ७ । २०७८ सालको बाढी–पहिरोले राजमार्गहरुमा साढे ३ अर्ब रुपैयाँ क्षति पुर्याएको छ । सडक विभागको प्रारम्भिक अध्ययनले ठूला सडकमा ३ अर्ब ४० करोड क्षति भएको देखाएको हो ।
राष्ट्रिय राजमार्गहरुमा बाढी, पहिरो लगायत विभिन्न कारणबाट सडकमा क्षति भएको थियो । विभागका अनुसार राष्ट्रिय राजमार्गहरुमा जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोडको रुपैयाँ क्षति भएको छ ।
त्यस्तै दशैंपछि आएको बाढीले १ अर्ब ५ करोडको सडक क्षति भएको विभागको अनुमान रहेको छ । गत हप्ता आएको बाढीले १८ स्थानमा सडक अवरुद्ध भएको थियो । अझै ६ स्थानमा सडक खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्