२७ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने बढ्न सकेन

काठमाडौँ, कातिक ७ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चमक आएको छ ।आइतबार सेयर बजारको परिसूचक नेप्से २७.५१ अंकले बढेको छ। यो सँगै समग्र परिसूचक २५८५ अंक पुगेको छ।

बजार परिसूचकमा वृद्धि भए पनि कारोबार रकममा भने सुधार हुन सकेन । आज नेप्सेमा ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । आज नेप्सेसँगै व्यापारबाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।

वित्त कम्पनी उपसूचक सर्वाधिक ४.११ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५२ प्रतिशत र अन्य उपसूचमा ३।२४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३४ प्रतिशतले बढेको छ । व्यापार उपसूचक भने १.०७ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबारमा आएका मध्ये बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ भने मेरो माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

आज कारोबार भएका मध्ये आईसीएफसी फाइनान्सको सर्वाधिक १५ करोड ९१ लाख ८७ हजार, एनआईसी एशिया बैंकको नौ करोड ३५ लाख १९ हजार र अरुण भ्याली हाइड्रोपावरको आठ करोड ६४ लाख ६१ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्