आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा निगमले थाल्यो उडान, भाडा कति?
काठमाडौं, कातिक ७ । आजदेखि नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ।
वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो।
धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।
धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ रुपैयाँ भाडादर कायम गरिएको छ।
धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको प्रमुख भट्टले जानकारी दिए।
धनगढीबाट पहाडी जिल्लामा निगमले हवाइ उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो। यसैबीच पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ।
पहाडि जिल्लामा यात्रा गर्दा यात्रुहरु डराइडराइ यात्रा गर्ने गर्दछन् । बाटोघाटोले गर्दा पनि धेरै घटना हुने गरेको छ । अब भने हवाइ सेवा सुरु भएपछि स्थायले सहज र छिटो तरिकाले यात्रा गर्न पाउने छन् ।
सस्कृति, पर्यटन तथा नागरि उड्डन मन्त्री प्रेम आलेको ठाडो आदेशमा वायुसेवा निगमले उडान सुरु गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्