चर्चित अभिनेता सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित

काठमाडौं । बलिउडको चर्चित अभिनेता सलमान खानको नेपाल भ्रमणको कार्यक्रम स्थगित भएको छ । नेपालमा विप्लव समूहले दिएको चेतावनीको कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् ।
खानको ‘दबंग द टुर’ मार्च १० मा काठमाडौंको टुँडिखेलमा कार्यक्रमको लागि आउने तय भएको थियो । उक्त शोमा अभिनेत्री सानोक्षी सिन्हा, मनिष पल, प्रभु देवा लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।
आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा कार्यक्रम स्थगित भएको घोषणा भने गरेको छैन । यसको.लागि सलमान खानको टिमसँग कुरा भइरहेको आयोजक संस्थाका एक अधिकारीले बताए ।
२०७२ सालको विकाशकारी भूकम्प तथा नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन उक्त कार्यक्रम गर्न लागिएको थियो ।

झण्डै ५ हजार टिकट उक्त शोका लागि विक्री भइसकेको छ । यदि कार्यक्रम हुने फाइनल भए त्यही टिकटले हेर्न पाइने व्यवस्था मिलाइनेछ र टिकट फिर्ता गर्न चाहनेहरुका लागि टिकट फिर्ता गर्ने सुविधा पनि पाउनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्