न्यादीको आईपीओमा २० लाख लगानीकर्ताको हात खाली
काठमाडौँ , ५ कात्तिक । शुक्रबार न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफँटमा २ लाख ९ हजार २५० जनाले हाइड्रोपावरको शेयर पाएका छन् ।
आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको गरेका थिए । जसमा १० हजार ४४२ आवेदन रद्द भएको थियो भने ३ हजार ५०४ आवेदन सिआस्वा प्रणालीले अस्वीकृत गरेको थियो । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ आवेदनमा आईपीओे बाँडफाँट गरिएको हो ।
कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ४५ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणकालागि वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्