तराइृमा होली आज हर्षउल्लासकासाथ मनाइदै

काठमाडौं । तराई तथा मधेस क्षेत्रमा आज धुमधामका साथ होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइयो भने आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो ।

काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि हर्षउल्लासकासाथ एकआपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व रुपमा परापूर्वक कालदेखि नै मनाउदै आएको पाइन्छ ।

 

होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गरी मनोरञ्जन गर्ने गरिन्छ ।

सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा सार्वजनीक बिदा दिएको छ ।

होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्त्व छ ।

दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिएको परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्