सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा
कठमाडौं, कातिक ४ । सानिमा बैंक लिमिटेडले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालयस्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरेका छन् ।
यसैगरी बालकोट कार्यालयको समुद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिकावडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बंैकको देशका सातै प्रदेशमा ११६कार्यालयर ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्