६० अङ्कले बढ्यो शेयर बजार , धेरै मूल्य बढ्नेमा जलविद्युत कम्पनी
काठमाडौं, कात्तिक ३ । लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने बढेको छ । नेप्से आज ६० दशमलव ५६ अङ्कले बढेर दुई हजार पाँच सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ ।
परिसूचक बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । जम्मा २ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि हिजो मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
कुल १७९ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ । सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३२, विकास बैंक १४१, फाइनान्स १२१, होटल तथा पर्यटन ९१ तथा जलविद्युत उपसमूह १०८ अंकले बढे । त्यस्तै लगानी १, जीवन बीमा १८९, उत्पादन १२२, माइक्रोफाइनान्स ९९, निर्जीवन बीमा २४८, अन्य ६३ र लगानी उपसमूह ८९ अंकले बढे ।
यस दिन धेरै मूल्य बढेका पाँच कम्पनीमा सबै जलविद्युत कम्पनी छन् । आँखुखोला जलविद्युत, युनिभर्सल पावर, मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । सिइडिबी हाइड्रोपावर र नेसनल हाइड्रोपावरको मूल्य ९।९ प्रतिशतले बढ्यो ।
यता नेपाल राष्ट्र बैंकले ब्याजदरका सम्वन्धमा बैंकहरुलाई नयाँ निर्देशन जारी गरेपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो । राष्ट्र बैंकको निर्देशनपछि कतिपय बैंकलाई ब्याजदर घटाउन बाध्यता परेको छ ।
क
प्रतिक्रिया दिनुहोस्