सवारी साधनहरु केरुङ तर्फ प्रस्थान

काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक/कन्टेनर धमाधम केरुङ जान थालेका छन् ।

दशैं पछि ३६८ वटा ट्रक/कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक/कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको स्रोतले जानकारी दियो ।

साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक/कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुर्नुपर्ने हुन्छ ।

चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका विभिन्न सामग्री आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्