दसैँ बजार: ग्याजेट र होम अप्लायन्स किन्दा उपहारै उपहार

 

काठमाडौँ , २४ असोज । दसैँ, तिहार तथा छठ पर्व लाग्दै गर्दा किनमेल बजारमा उपहार नै उपहारको बहार छाएको छ।

चाडवार्ड विशेष व्यवसायीहरूले मौका छोपेर ग्राहक तान्ने गरी आकर्षक छुट योजनासहित बम्पर उपहार दिने योजना अघि सारेका छन् । यस्तोमा ब्राण्ड होस् या सपिङ सेन्टर वा अनलाइन सेवा–सबैले आ–आफ्ना तरिकाले व्यवसायिक स्कीमहरू दिइरहेका छन् । यस्ता छन् किनमेल बजारमा उपहार तथा छुट योजना:

सामसुङ मोबाइल : आईएमएस एसमार्टबाट सामसुङका कुनै पनि स्मार्टफोन खरिद गर्दा कम्पनीले ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भौचर जित्न सक्ने योजना ल्याएको छ । यस योजनाअन्तर्गत भाग्यशाली ९ ग्राहकलाई कम्पनीले छनोट गर्नेछ । साथै, कम्पनीले लक्ष्मी बैंकबाहेकका अन्य सबै बैंकबाट शून्य प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान किन्ने सक्ने जनाएको छ । यद्यपि, लक्ष्मी बैंकबाट भने ग्राहकहरू अधिकतम ३० प्रतिशत डाउनमेन्टमा सामान खरिद गर्न सक्नेछन् ।

रियलमी स्मार्ट फोन : सेलफोन ब्राण्ड रियलमीले दसैँ तिहारको अवसरमा ‘रियलमी फेस्टिभ डेज’अफर घोषणा गरेको छ । यस अफरमा रियलमीका ३ जना भाग्यशाली ग्राहकहरूले बम्पर पुरस्कारमार्फत कोन्का ६४ इन्चको फोर के टीभी, कोन्का ७ केजी फ्रन्ट वासिङ मेसिन, वा रियलमी ८ प्राप्त गर्न सक्नेछन् ।

प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरूले सी११, २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकले कोन्का १८० वाट भ्याकुम क्लिनर वा कोन्का १.८ लिटरको डेलक्स राइस कुकर वा आइरन प्राप्त गर्न सक्नेछन् । योजना असोज १६ गतेदेखि सुरु भई कार्तिक ३० गते समाप्त हुने कम्पनीले जनाएको छ ।

शाओमी : शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । शाओमीका ग्राहकहरूले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरू प्राप्त गर्नेछन् । टेलिभिजनको एमआरपी दरहरू र उनीहरूमा पाइने विशेष छुटहरू यसका साथै शाओमी नेपालले ‘महा पर्वको उमङ्ग’ ‘दसैँ वीथ मी’ नामको अभियान पनि चलाइरहेको छ । यस अफर अन्तर्गत मी टीभीको खरिदमा १ जना भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोनको खरीदमा २ जना भाग्यशाली ग्राहकहरूले दैनिक मी ब्लूटूथ स्पिकर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

भीभो : भीभोले दसैँको उपलक्ष्यमा भीभो लक्की ड्रअभियान आयोजना सञ्चालन गरेको छ । अक्टोबर १ तारिख देखि नोभेम्बर १५ सम्म भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकले यो अभियानमा सहभागिता जनाउन सक्ने र उपहार जित्न सक्नेछन् । दसैँमा भीभो किन्ने र लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकहरूले उपयोगी एवं आकर्षक उपभोग्य सामाग्री जस्तै एलजीका होम एप्लाएन्सेस, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एङ्कर गेमिङ्ग हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड्स र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्नेछन् ।

​सीजी : होम अप्लायन्स सीजीले दसैँ तिहार विशेष ‘यो घलाई बनाऔं सीजी स्मार्ट होम, ५५ हजारसम्मको महा बचत’ योजना ल्याएको छ । यस योजना अन्तर्गत सीजी ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । ५५ हजारसम्मको महा बचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सीजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने सीजीले जनाएको छ ।

योजना अन्तर्गत सिजीका कुनैपनि एल.ई.डी. टी.भी., रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुमको खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरू समेत प्रदान गर्ने कम्पनीले जनाएको छ । सीजीका सामानहरू खरिद गरे पश्चात ग्राहकहरूले आफुलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सीजीएसएच टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं. लेखेर ३१००१ मा पठाउन पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्