सानिमा बैंकको थप तीन शाखा विस्तार

काठमाडौं, असोज २२ । सानिमा बैंक लिमिटेडले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा तीनवटा शाखा विस्तार गरेको छ।

बैंकले यही असोज २१ गते कपिलवस्तुको जीतपुरमा र २०७८ असोज २२ गते काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो।

जीतपुर कार्यालयको उद्घाटन प्रदेशसभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरेका हुन्।

उद्घाटन् समारोहमा बोल्दै प्रदेश सभा सांसद पन्थीले जितपुरमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

यसैगरी मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले संयुक्त रुपमा गरे।साथै बोडे कार्यालयको समुद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालज्यूद्वारा ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।  सानिमा बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्