अब कामना विकास बैंकमा अनलाइनमार्फत नै डिम्याट खोल्न सकिने

काठमाडौँ, असोज २० । कामना सेवा विकास बैंकले अनलाइनमार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ। अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाइनमार्फत नै डिम्याट खाता तथा मेरा शेयर खोल्न सक्नेछन्।

अनलाइनमार्फत खाताको लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ।

बैंकमा खाता नभएका ग्राहकहले पनि अनलाइनबाटै उच्चतम ब्याजदरसहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

जसअन्तर्गत ग्राहकहरुले प्रथम वर्ष निस् शुल्क मोबाइल तथा इन्टरनेट बैकिङ तथा लकर सुविधा प्राप्त गर्न सकिनेछ।

बैंकले देशभर फैलिएका १२९ शाखा तथा एक विस्तारित शाखाबाट डिम्याट खातासम्बन्धी सुविधा सजिलै प्राप्त गर्न सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्