सिभिल बैंकको दशैंकाउण्टर : कुन शाखा कहिले खुल्छ ? (सुचिसहित )

काठमाण्डौ । सिभिल बैंकले दशैंको टिकाको दिनबाहेक अन्य दिन दशैं काउण्टर खोल्ने भएको छ ।

यो बैंकले सार्वजनिक विदा परेको घटस्थापनाको दिन समेत नेपालगञ्ज शाखा कार्यालय बिहान ११ बजेदेखि १ बजे खोल्नेछ । देशभरका अन्य शाखा वा दशैं काउण्टर भने यो दिन खुल्ने छैनन् ।

सिभिल बैंकले दशैं काउण्टरको सूची सार्वजनिक गर्दै घटस्थापना, फूलपाती, अष्ठमी, नवमी, दशमी, एकादशीका दिन खुल्ने बैंक शाखाको विषयमा जानकारी दिएको हो । बैंकले ती दिन बैंक काउण्टर तथा शाखा खुल्ने समयको विषयमा समेत जानकारी दिएको छ ।

फूलपातीको दिन २० वटा शाखा खुल्नेछन् । यो दिन बिहान ११ बजेदेखि १ बजेसम्म मात्र काउण्टर खुल्ने बैंकले जनाएको छ । अष्ठमीको दिन पनि ११ बजेदेखि १ बजेसम्म ११ ठाउँका काउण्टरहरु खुलाइनेछ ।

नवमीको दिन १३ वटा शाखा कार्यालय २ घण्टाका लागि खुल्नेछन् भने दशमी अर्थात टीकाको दिन कुनै पनि शाखा खुल्ने छैनन् । एकादशीको दिन भने देशका विभिन्न क्षेत्रका ७ वटा शाखा कार्यालय खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्