ल्याटीन ए.बि.एस सिर्भिस सेन्टरमा मेघा बैंकका खातावालाई ३० प्रतिशत छुट सहितको सेवा

काठमाडौं, असोज १७ । पछिल्लो समय नेपालमा दुई पांग्रे सवारी साधननिकै लोकप्रिय बन्दै गएको छ । प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोक प्रियता बढेको हो । यस्तै ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाड पर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ ।

कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङ चोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि३० प्रतिशत छुट सहितको सेवा सुरु गरेको हो । कम्पनीले मेगा बैंकका खातावाला तथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटि सहितको सेवा उपलब्ध गराउने छ ।

कम्पनीले मेघा बैकसँग एकवर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगत कर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो ।  कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदा नगर्नेछ ।

प्रतिक्रिया दिनुहोस्