साहस उर्जाको आइपीओ आइतबार बाँडफाँट हुने

काठमाडौं , असोज १५ । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड कहिले होला भन्ने सबै लगानीकर्ताको चासोको विषय बनेको छ । अब त्यो चासोको विषय सकिएको छ ।आईपीओ सेयरको प्रि–अलोटमेन्ट आज सम्पन्न भएको छ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिने भएको छ । यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो । २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५. ६२ गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिने छ । यसमा गोलाप्रथामार्फत ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।

कुल ७० लाख कित्तामध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्