राष्ट्रिय वाणिज्य बैंकमा ९ करोड ६१ लाख ५५ हजार घोटाला
काठमाडौं । दिनानुदिन बैंक घोटला गर्ने क्रम बढ्दै गएको छ । यसले गर्दा बैंक तथा वित्तिय संस्थाहरुप्रति आम जनमानसमा संशका पैदा हुँदै गएको छ ।
यस्तै राष्ट्रिय वाणिज्य बैंक, बिराटनगर शाखामा भएको घोटला काण्डमा संलग्न दुई जनालाई मोरङ प्रहरीले सार्वजनिक गर्याे ।
उनिहरुले ९ करोड ६१ लाख ५५ हजार घोटाला गरेका थिए ।
बुधबार जिल्ला प्रहरी कार्यालय, मोरङको कार्यालयमा आयोजित पत्रकार सम्मेलनकाबीच विराटनगर रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहा काउण्टर इञ्चार्ज वरिष्ठ सहायक तोर्णराज राउत र बैंकका शाखा प्रबन्धक बिष्णुप्रसाद निरौलालाई बैंकमा रकम घोटला गरेको कुरा सार्वजनिक गरिएको हो ।
राउतको वयानका आधारमा शाखा प्रबन्धक निरौलालाई मंगलबार साँझ कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरु दुवैलाई मोरङ प्रहरीले उच्च अदालतमा बैङ्किङ कसुर र सजाय ऐन अन्तगर्त मुद्दा चलाएको छ । प्रहरीले ६० दिन म्याद रहने भएकाले उनीहरुका बारेमा अहिले अनुसन्धान गरिरहेको जनाएको छ ।
सोही घटनामा संलग्न भएका भन्सार एजेन्ट ललित बोहरा र प्रतिनिधि सुरेश बोहरा हालसम्म फरार रहेको मोरङका प्रहरी प्रमुख जानकारी दिए ।
उनीहरु भारतमा लुकेर बसेको स्रोत बताउँछन् । इन्टरपोलका सहायता लिएर भए पनि फरार अभियुक्तहरुलाई प्रहरीले नियन्त्रणमा लिनेछ ।’
९ करोड ६१ लाख ५५ हजार घोटाला
भारतबाट आयात गरिएको बस्तुको भन्सार शुल्क दाखिला गर्ने क्रममा पेयी चेकमार्फत राष्ट्रिय वाणिज्य बैंकको ९ करोड ६१ लाख रहेको रकम घोटला भएको थियो ।
भन्सारको राजश्व खातामा जम्मा देखिएको ९ करोड ६१ लाख ५५ हजार रकम बैंकमा भने जम्मा छैन ।
रानी भन्सारमा सामान क्लीयरिङ्ग गर्दा भन्सार एजेन्ट ललित बोहरा र प्रतिनिधि सुरेश बोहराको सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग सर्भिसमार्फत बैंकको भन्सार शाखाको सुख्खा बन्दरगाहामा बुझाइएका ती चेकहरु वाउन्स फेला परेका थिए । र, बैंकमा घोटला भएको सार्वजनिक भएको थियो ।
प्रहरीले बैक घोटला काण्डको अनुसन्धान गर्नका लागि गएको ९ पुसदेखि १९ माघसम्मको भन्सार एजेण्ट सुरेशमार्फत कारोबार भएको सम्पूर्ण विवरण पनि भन्सारसँग माग गरेको छ ।
जुन अवधिमा विभिन्न ४९ वटा औद्योगिक फर्महरुको बस्तु आयातको भन्सार शुल्कको कारोबार भएकोमा भन्सार एजेण्ट सुरेशमार्फत ४६ वटा फर्मले कारोबार गरेका थिए । उक्त अवधिमा १८ करोड ४० लाख ४४ हजार ७ सय ६५ रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्