बैंक अफ काठमाण्डूका कार्डवाहकले दराजको दसैँ धमाकामा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं, असोज १२ । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको दसैँधमाका योजनामा २० प्रतिशतसम्म पाउने जनाइएको छ ।

दराजले यही असोज १० गतेदेखि सञ्चालनमा ल्याएको दसैँ धमाका योजनामा बैंकको कार्डवाहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम दुई हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा दुई हजार ५०० सम्मको छुट पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्