मध्यभोटेकोसीको ९० लाख कित्ता आइपिओ असोज २० देखि खुल्ने

काठमाडौं, असोज ११। मध्यभोटेकोसी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात ९० करोड रुपैयाँको आइपिओ खुल्नेछ। त्यसमध्ये मध्यभोटेकोसी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ।

त्यस्तै म्यूचुअल फण्डहरुका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

प्रतिक्रिया दिनुहोस्