शेयर बजार राताम्मे, ६१ अंकले घट्यो

काठमाडौँ, असोज १० । साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ । आइतबार बिहान बजार खुलेपछि हरियाली देखिएको बजार केही समयपछि राताम्मे हुँदै गएको हो ।

आइतबार नेप्से ६१.२७ अंक घटेको हो । विहिबार नेप्सेमा ६१.२७ अंकले घट्दा नेप्से २७५८.४८ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ सूचक १०.७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ४.१२ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ३.४८ अंकले घटेको छ ।

आज २३३ कम्पनीको ७३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार २६० कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट आएको छ । सबै भन्दा बढी फाइनान्सको ५.८९ प्रतिशतले घटेको छ भने हाइड्रोको ४.३ प्रतिशतले घटेको छ । त्यस्तै लगानी उपसूचकको शेयर ३.३८ प्रतिशतले घटेको छ भने ट्रेडिङको शेयर ३.१५ प्रतिशतले घटेको छ । त्यस्तै होटल तथा पर्यटन, निर्जीव वीमा, अन्य, माइक्रो फाइनान्स र जीवन बीमाको शेयर मुल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै म्युचुअल फण्डको शेयर ०.२१ प्रतिशतले बढेको छ । आइतबार सबै भन्दा बढी अरुण भ्याली हाइड्रोको शेयर ३३ करोड ९५ लाखको किनबेच भएको छ भने फरवार्ड माइक्रोफाइनान्सको ३१ करोड ८८ लाखको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने आइसिएफ़सी फाइनान्सको शेयर सबैभन्दा बढी ८.९८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्