मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

काठमाडौँ, असोज १० । आफनो नयाँ शाखा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले दाङ जिल्लाको लमहीमा पनि शाखा विस्तार गरेको छ ।

लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ ।

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्