प्राइम लाइफले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं , असोज ९ । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त वर्ष आर्जन गरेको मुनाफाबाट १५.८७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर र ०. ८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्