एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्ग नियुक्त

काठमाडौँ , असोज ८ । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेको छ ।

विगत ३५ वर्षदेखि बैंकिङ्ग् क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङ्गले २०७८ आश्विन ८ गते देखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका छन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्