बढ्यो आयात–निर्यात, व्यापार घाटा ७० प्रतिशतले वृद्धि

 

काठमाडौँ, असोज ८ । चालु आर्थिक वर्षको पहिलो महिना(साउन)मा कुल वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ । राष्ट्र बैंकले जारी गरेको साउन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले उक्त महिनामा ११५।९ प्रतिशतले बढेर २० अर्ब ७६ करोड रुपैयाँका वस्तु निर्यात भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८।९ प्रतिशतले बढेको थियो ।

प्रतिवेदन अनुसार चालु वर्षको साउनमा भारततर्फको निर्यात १६७ प्रतिशत, चीनतर्फको निर्यात ४७।८ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात १७.५ प्रतिशतले बढेको छ ।

उक्त अवधिमा सोयाविन तेल, पाम तेल, धागो ९पोलिष्टर तथा अन्य०, जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ । तर, अलैँची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै चालु वर्षको साउनमा कुल वस्तु आयात ७५.७ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो ।

भारतबाट हुने आयात ५८।७ प्रतिशत, चीनबाट हुने आयात ८७।६ प्रतिशतले र अन्य मुलुकबाट हुने आयात १२०.८ प्रतिशतले बढेको छ ।

पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुन लगायतका वस्तुको आयात बढेको । रसायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात बढेको छ । त्यसैगरी, कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात बढेको छ ।

व्यापार घाटा ७० प्रतिशतले बढ्यो

चालु वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०।६ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२।२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३।८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११।२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु। १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु।९ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्