आार्थिक वर्ष सकिनै लाग्दा सडक विभागमा महानिर्देशक फेर्ने चलखेल

काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ सकिनै लाग्दा सबैभन्दा धेरै वजेट भएको विकासे कार्यालय सडक विभागमा महानिर्देशक नै फेर्न चलखल सुरु भएको छ ।

सामान्यता आ.व. सकिने बेला माथिल्लो तहका कर्मचारीहरु त्यसमापनि विभागीय प्रमुख फेरबदल गरिदैन । विशेष परिस्थितिमा मात्र फेरबदल गर्ने परम्परा छ । त्यस्तो विशेष अवस्था अहिले छैन । कामको गति अघि बढेकै छ । राष्ट्रिय प्रगति भन्दा सडक विभागको प्रगति धेरै माथि पुगेको छ । ४४ प्रतिशतको हाराहारीमा सडक विभागको प्रगति छ । यस्तो बेला विभागमा महानिर्देशक फेर्नु भनेको अस्थिरता र अन्यौल निम्त्याउनु मात्र हो । यसबाट माथिल्लो तहका कर्मचारीरमा निराशा उपन्न हुन्छ । अन्ततः यसले विभागले हेर्ने समग्र काम नै प्रभाव पार्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार भौतिक पूवाधार मन्त्री देबेन्द्र दाहालले विभागका महानिर्देशक रामहरी पोखरेललाई जेठ मसान्त भित्रै मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा हाल विभाग मातहतमा बैदेशिक महाशाखा हेर्ने विजय जैशीलाई ल्याउन खोजेका छन । जैशीसँग उपप्रधानमन्त्री वीष्णु पौडेलको राम्रो सम्बन्ध छ । उक्त सम्बन्धबाट फाइदा उठाएर जैशी सडक विभागमा आउन लागेको चर्चा अहिले विभागतीर छ ।

मन्त्रालय स्रोतका अनुसार भौतिक सचिव केशव शर्मा भने आर्थिक वर्ष सकिने बेला सडक विभागमा महानिर्देशक फेर्दा यसबाट राम्रो सन्देश नजाने भन्दै कम्तीमा आर्थिक वर्षसम्म कुर्न मन्त्रीलाई सुझाव दिएका छन । मन्त्री भने शर्माको सुझावलाई वेवास्ता गर्दै विभागमा नेतृत्व फेर्न जोडबल गरीरहेको मन्त्रालय स्रोतले बतायो । स्रोत भन्छ, विभागको महानिर्देशकको नियुक्त लिन जैशीसँग आर्थिक लेनदेन समेत भइसकेको छ । मन्त्रीको सचिवालयमा कार्यरत एक÷ दुई जना व्यक्तिले पनि सडकमा महानिर्देशक फेर्न मन्त्रीलाइ उक्साइरहेको स्रोतले बतायो । पछिल्लो समय मन्त्री दाहाल र सचिव शर्मावीच सम्बन्ध त्यती राम्रो छैन । पछिल्लो समय दाहालले सचिवलाई समेत वेवास्ता गरेर निर्णय गर्न थालेको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओली असार लगत्तै मन्त्रीमण्डल फेरबदल गर्ने तयारीमा छन् । ओलीले पहिले नै भौतिक पूर्वधार मन्त्री फेर्न खोजेका थिए । दाहाल संगसंगै मन्त्रीमण्डल नै फेरबदल गर्ने ओलीको चाहना थियो । उनले नेपाली काग्रेसबाट नाम समेत मागेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्तीमा एक वर्ष मन्त्री नचलाउ भन्ने अडान राखे पछि ओलीले एमालेका मन्त्री मात्रै चलाउन सकेनन । त्यसपछि मन्त्रीमण्डल फेरबदल हुन सकेको थिएन । वर्तमान भौतिक मन्त्री दाहालको कार्यसम्पादनदेखि प्रधानमन्त्री ओली त्यती सन्तुष्ट छैनन । मन्त्रालयको प्रगति कमजोर भएकोमा ओली रुष्ट छन् । त्यसैले असार पछि दाहालको पद संकटमा पर्ने निश्चित छ । त्यस कारण असार अगाडि त्यसमा पनि आ.व. सकिनै लागेका बेला दाहालले महानिर्देशक फेर्न खोजेको चर्चा विभागमा छ । यसले सम्पूर्ण पूर्वाधार निर्माणमा त प्रभाव पर्छ नै सरकारलाई समेत बदनाम गर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्