माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश !

काठमाडौं, असोज ७ । माछापुच्छ्रे बैंकले गतआर्थिक बर्ष (२०७७/ ८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत रु. १,२६७,४३२,६३२ लाभांश(कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बैंकको यहि असोज ०६ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय पनि गरेको छ ।

साथै बैंकले गतआर्थिक वर्षमा १ अर्ब ६० करोड ७४लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ९अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमाआफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १०लाखभन्दा बढि ग्राहकमहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदानगरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

 

प्रतिक्रिया दिनुहोस्