सुनको मूल्य पाँच सयले घट्यो

 

काठमाडौँ , ७ असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्य रु.पाँच सयले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु.८९ हजार ६०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार प्रतितोला रु.८९ हजार ६५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा बिहीबार प्रतितोला रु.१० ले घटेको छ ।

चाँदी बुधबार प्रतितोला रु.एक हजार १६५ मा कारोबार भएको थियो भने बिहीबार प्रतितोला रु.एक हजार १५५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँसत एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्