काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गु संक्रमण पुष्टि

काठमाडौं , असोज ५ । कोरोनाले सताएको बेला काठमाडौंमा ३ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । गत असारयता काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गुको संक्रमण पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असारयता भक्तपुरका तीन जनामा डेङ्गु पुष्टि भएको बताएको छ ।

महाशाखाको तथ्यांकमा असार, साउन र भदौमा देशभर जम्मा १४९ जनामा डेङ्गु पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै प्रदेश १ को संखुवासभामा सबैभन्दा धेरै ४७ जना डेंगु संक्रमित देखिएका छन् ।

गत आर्थिक वर्षमा ९२०७७⁄७८० भक्तपुरमा डेङ्गुका बिरामी भेटिएका थिएनन् भने काठमाडौं र ललितपुरका सात जनामा संक्रमण पुष्टि भएको थियो । सावधानि अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्