शुक्रवारबाट मोफसलका हलहरुमा प्रदर्शन हुँदै ‘मेरो पैसा खोई ?’

काठमाडौं । फिल्म “छक्का पन्जा २” सँग राजधानीमा असोज ११ गते प्रदर्शन आरम्भ गरेको फिल्म ‘मेरो पैसा खोई ?’ ले आज शुक्रवारबाट उपत्यका बाहिरका हलहरुमा आफ्नो प्रदर्शन सुरु गरेको छ । राजधानीमा प्रदर्शनको दोस्रो हप्ता पूरा गर्दैगर्दा ‘मेरो पैसा खोई ?’ ले शुक्रवारबाट मोफसलका हलहरुमा प्रदर्शन आरम्भ गरेको हो ।

प्रदर्शनको एक हप्ता अगाडि मात्र रिलिज डेट घोषणा गरेको ‘मेरो पैसा खोई ?’ “छक्का पन्जा २” भन्दा व्यापारमा कमजोर भएपनि दर्शकहरुबाट भने फिल्मले उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ । फिल्ममा सौगात मल्ल, वर्षा राउत, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् ।

फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह–निर्माताको रुपमा रहेका छन् । काठमाडौंमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेको यो फिल्मले मोफसलमा दर्शकको कस्तो साथ पाउँला त ? यो भने हेर्न बाँकि नै छ ।

प्रतिक्रिया दिनुहोस्