हिमालयन बैंकद्वारा महानगरीय प्रहरी वृत्तलाई सहयोग

काठमाडौं, असोज १ ।हिमालयन बैंकले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तानतरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले तीनकुनेस्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरूलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएकाले सहजताका लागि बैंकले १ लाख १० हजार रुपैयाँको दुई थान कम्प्युटर सहयोग प्रदान गरिएको बैंकका जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए ।

बैंकका तर्फबाट बंैकका मुख्य प्रबन्धक समीर आचार्यले प्रहरी उपरीक्षक मीमबहादुर लामालाई सहयोग हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बैंक तथा वृत्तका अन्य कर्मचारीहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्