आँखुखोलाको लक इन अवधि समाप्त, स्थानीय र संस्थापक सेयरको कारोबार खुल्ला

काठमाडौं । धादिङ्गको नेत्रावती (आँखु खोला) रिङ्गनेमा पर्नेमा उत्पादनमा रहको आँखुखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको सेयर असोज ५ गतेदेखि कारोबारका लागि खुला हुने भएको छ । असोज ४ गते लक इन अवधि समाप्त हुने भएपछि स्थानीयको सेयर पनि नेप्सेमा कारोबारका लागि खुला हुन लागेको हो । कम्पनीले धादिङ जिल्लाका स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९८० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त मितिले ३ वर्ष पुगेपछि लक इन अवधि समाप्त भएको हो ।

यता, संस्थापक समूहको ६० लाख कित्ता सेयरको कारोबार पनि असोज १२ गतेबाट खुला हुने कम्पनीले जनाएको छ । सर्वसाधारणलाई बाँडफाट गरेको मिति असोज ११ गते ३ वर्ष पूरा हुने भएकाले असोज १२ गतेदेखि संस्थापक समूहको सेयर कारोबार पनि खुला हुने कम्पनीले जनाएको । आँखुखोलाले सर्वसाधारणलाई २०७५ असोज ११ गते आइपीओ बाँडफाँट गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्