प्रभु बैंकले १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, भदौ २९ । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसा रहेको छ ।

। तर हालसम्म बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने ऋणपत्र निष्कासन गर्न निवेदन पेश गराएको छैन । बोर्डले अनुमती प्रदान गरेपश्चात मात्र बैंकले ऋणपत्र निष्कासन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्