बागमतीमा २३ प्रतिशतले लगाए कोरोनाविरुद्धको दुवै मात्रा खोप

काठमाडौँ , २७ भदौ । बागमती प्रदेशका २३ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । प्रदेशको १३ जिल्लाका विभिन्न खोप केन्द्रहरूबाट १८ वर्षमाथिका कुल जनसख्या मध्ये २३ प्रतिशत अर्थात् १८ लाख ६५ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका हुन् ।

प्रदेशका १८ वर्ष भन्दा माथिका ३२ लाख ८३ हजार ९ सय ३३ जना अर्थात् ५६ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको कुनैपनि खोप लगाएका छैनन् ।

प्रदेशका ३ लाख ४७ हजार १ सय ११ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, ११ लाख ७० हजार ८ सय ६२ जनाले भेरोसेल र ३ लाख ४७ हजार ४ सय १४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

काठमाडौंका ७ लाख ३३ हजार ३ सय ६० जनाले कोरोना विरुद्धको पूर्ण खोप सेवा लिएका छन् । काठमाडौंका १ लाख ३९ हजार ५१ जनाले कोभिसिल्ड, ५ लाख ९४ हजार १ सय २८ जनाले भेरोसेल र १ लाख ५६ हजार २५ जनाले जोन्सन खोप लगाएका छन् ।

ललितपुरका २ लाख २२ हजार २ सय ३३ जनाले कोरोना विरुद्धको खोपको दुवैमात्रा लगाएका छन् । ललितपुरका ३२ हजार २ सय ३३ जनाले कोभिसिल्ड, १ लाख ५६ हजार ७ सय ५९ जनाले भेरोसेल र ३३ हजार २ सय ४१ जनाले जोन्सन खोप लगाएका छन् ।

भक्तपुरका १६ हजार ४ सय ८८ जनाले कोभिसिल्ड, १ लाख १९ हजार ७ सय १९ जनाले भेरोसेल र १९ हजार ६ सय ८९ जनाले जोन्सन गरी कुल १ लाख ५५ हजार ८ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

रसुवाका २१ हजार ५४ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । जसमध्ये ३ हजार ७० जनाले कोभिसिल्ड, १५ हजार ९ सय ८४ जनाले भेरोसेल र २ हजार जनाले जोन्सन खोप लगाएका छन् ।

नुवाकोटमा कोरोना विरुद्धको खोप लगाएका ५६ हजार ५ सय ४३ जना मध्ये १८ हजार ७ सय ८५ जनाले कोभिसिल्ड, २५ हजार ९ सय ७५ जनाले भेरोसेल र ११ हजार ७ सय ८३ जनाले जोन्सन खोप लगाएका छन् ।

धादिङका १२ हजार ७ सय १० जनाले कोरोना विरुद्धको कोभिसिल्ड, २४ हजार ७ सय ९ जनाले भेरोसेल र १५ हजार २ सय ८ जनाले जोन्सन गरी कुल ५२ हजार ६ सय २७ जनाले खोप लगाएका छन् ।

चितवनका ३६ हजार २ सय ५ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, ७८ हजार ४ सय ८८ जनाले भेरोसेल र ३६ हजार ५ सय ३७ जनाले जोन्सन गरी कुल १ लाख ५१ हजार २ सय ३० जनाले खोप लगाएका छन् ।

सिन्धुलीका ६ हजार ३ सय जनाले कोरोना विरुद्धको कोभिसिल्ड, १४ हजार १ सय ६ जनाले भेरोसेल र ११ हजार ९७ जनाले जोन्सन गरी कुल ३१ हजार ५ सय ३ जनाले खोप लगाएका छन् ।

मकवानपुरका १० हजार ५९ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, १४ हजार ३ सय जनाले भेरोसेल र ५ हजार ९ सय २३ जनाले जोन्सन गरी कुल ३० हजार २ सय ८२ जनाले खोप लगाएका छन् ।

रामेछापका ३० हजार ३ सय ३४ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, २३ हजार ९ सय ९८ जनाले भेरोसेल र १७ हजार २४ जनाले जोन्सन गरी कुल ७१ हजार ३ सय ५६ जनाले खोप लगाएका छन् ।

दोलखाका ८ हजार ५ सय ५४ जनाले कोभिसिल्ड, १८ हजार ४ सय जनाले भेरोसेल र ५ हजार ३ सय २५ जनाले जोन्सन गरी कुल ३२ हजार २ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

काभ्रेका २१ हजार १ सय ९३ जनाले कोभिसिल्ड, ५८ हजार ६ सय ६४ जनाले भेरोसेल र २१ हजार ६ सय ३९ जनाले जोन्सन गरी कुल १ लाख १ हजार ४ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सिन्धुपाल्चोकका १२ हजार १ सय २९ जनाले कोभिसिल्ड, २५ हजार ६ सय ३२ जनाले भेरोसेल र ११ हजार ९ सय २३ जनाले जोन्सन गरी कुल ५९ हजार ६ सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

बागमती प्रदेशमा अझै ३९ प्रतिशत व्यक्ति कोरोना विरुद्धको काभिसिल्डको खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।गत वर्षको माघबाट सुरुभएको खोप अभियानके विभिन्न चरणहरुमा कोभिसिल्ड खोप लगाएकाहरु मध्ये अझै ३९ प्रतिशत व्यक्ति खोपको पर्खाइमा रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्