एमाले सांसदको विरोधककाबीच  बजेटसम्बन्धी तीन अध्यादेश पारित

काठमाडौं, २५ भदौ । प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ ।

शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो । ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।

ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।

एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए ।  एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्