सानिमामाई हाइड्रोपावरद्वारा लाभांश घोषण, १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं , भदौ २५ । सानिमामाई हाइड्रोपावरले लाभांश घोषण गरेको छ । २०७८ भदौ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गर्दै उक्त लाभांशका लागि सेयरधनी दर्ता किताब (बुक क्लोज)मिति र साधारणसभा मिति तोकेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांंशसहित कुल १०।५२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको उक्त लाभांश २०७८ असोज १७ गते म्म कायम सेयरधनीले प्राप्त गर्नेछन् । उक्त मितिसम्म सेयर कारोबार गरेका सेयधनीले लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।

यस्तै गत आर्थिक वर्षको वार्षिक साधारणसभा भने २०७८ कात्तिक ११ गतेका लागि तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्