तेह्रथुम पावर कम्पनी आईपीओ बाँडफाँड, २२ लाख ८१ हजारको हात खाली !

 

काठमाडौं , भदौ २५ । तेह्रथुम पावर कम्पनीले सर्वसाधारणको लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा शुक्रबार आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणको लागि बिक्रि खुला गरेको थियो ।

कम्पनीले माग गरेको आवेदनमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये २२ लाख ८१ हजार ४७ जना आवेदक हात खाली भएका छन् ।

हाल २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको ४० करोड पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्