भोली हरितालीका तिजको , शेयर बजार खुल्छ कि खुल्दैन ?
काठमाडौं, भदौ २३ । आजबाट महिलाहरुको महान पर्व हरितालीका जित सुरु भएको छ । आज तिजको पहिलो दिन दर खाने दिन हो । भोली ब्रत !
यसैबीच भोली जितको अवसरमा महिलालाई बिदा दिएको छ । यस बिदामा के के बन्द र के खुल्ला हुन्छन् धेरैको जिज्ञासा पनि छ । त्यसमा पनि पछिल्लो समय त शेयर बजारमा धेरैको ध्यान छ । नेपालमा शेयर बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेशसँगै चासो र चर्चा निकै चुलिएको छ ।
यसै विच भोली हरितालिका तीजको अवसरमा नेप्से खुल्छ कि खुल्दैन भन्ने धेरैको चासो रहेको छ । हाम्रा पाठकहरुले समेत यो विषयमा हामीलाई जिज्ञाशा राख्नु भएको थियो । यसै जिज्ञाशालाई मेट्न हामीले नेप्सेमा सम्पर्क गरेका थियों ।
नेप्सेका प्रवक्त मुराहरी पराजुलीले भोलि पनि बजार खुल्ने जानकारी दिए । उनले सामान्य अबस्थामा बजार खुल्ने जानकारी दिए । भोली विहिबार नेप्से साताको अन्तिम दिन पनि खुल्ला रहने छ ।
प्रतिक्रिया दिनुहोस्