नेप्सेमा १०८ अंकको उच्च गिरावट , २ सय ९ वटा कम्पनीको शेयर राताम्मे

काठमाडौं, भदौ २० । साताको पहिलो दिन आज शेयर बजार एक सय अंक भन्दा धेरैले घटेको छ । बजार सुरु भएदेखि घट्न थालेको नेप्से बन्द हुँदा पनि राताम्मे भएको छ ।

नेप्से आज एक सय ८ दशमलव २६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलव ७२ विन्दुमा झरेको छ । दुई सय २३ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय ९ वटा कम्पनीको शेयर घटेको छ ।

१६ वटा कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । दुई करोड ३० लाख कित्ता शेयर ११ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । भने हिमालयन डिष्ट्रीलरीको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

यसअघि बजार खुलेको २ घण्टा अर्थात १ बजे नेप्से पाँच प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भएको थियो । बजार बन्द हुनुअघि दुई सय १५ वटा कम्पनीको कारोबार भएकोमा २ सय १० वटाको शेयर घटेको थियो ।

आज नेप्से सेन्सेटिभ इण्डेक्स १९.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ७.४ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ६.४२ अंकले घटेको छ ।

आज २२३ कम्पनीको ११ अर्ब २४ करोड ३ लाख ९१ हजारको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबै उप सूचकमा गिरावट आएको छ । आइतबार सबैभन्दा बढी फाइनान्स उपसूचकमा ८.०१ प्रतिशतको गिरावट आएको छ भने विकास बैंकमा ७.२१, हाइड्रो पावरमा ६.५१, ट्रेडिङमा ६.०५, लगानीमा ४.७३ तथा अन्यमा ४.४३ प्रतिशतको गिरावट आएको हो ।

त्यस्तै जीवन वीमा उपसमुहमा पनि ३.०९ प्रतिशतको गिरावट आएको छ भने बैंक, निर्जीव वीमा समुह, बैन, उत्पादन उपसमूहमा पनि उच्च गिरावट आएको छ ।

त्यस्तै आइतबार १२ कम्पनिको शेयरमा १० प्रतिशतको गिरावट आएको छ भने २१ कम्पनिको शेयर मुल्यमा ९ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।

आइतबार सानिमा लाइफ इन्सुरेन्सको शेयर ९.९७ प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्य ४।०२ प्रतिशतले बढेको छ ।

एक बजेर ४० मिनेटमा पुनः कारोबार भएको नेप्से राताम्य हुँदै बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस्